लकडाउनमा केकी अधिकारीको कस्तो छ दिनचर्या ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा छोटो समयमै स्थापित कलाकार केकी अधिकारी अहिले फुर्सदमा छिन् । लकडाउन शुरु हुन अगाडी नै कमेडी च्याम्पियन्सको फाइनल सकाएर फुर्सदमा रहेकी केकी अहिले लकडाउनका कारण होम क्वारेन्टाइनमै रमाई रहेकी छिन् ।

उनले लकडाउनको समयलाई मज्जाले सदुपयोग गरेको देख्न सकिन्छ । उनी यो समय योग, एक्सरसाइज तथा घरेलु काम गरेर दिन विताईरहेकी छिन् । यसका अलावा पुस्तकहरु पढ्ने, मनपरेका सिनेमा हेर्ने तथा भान्सा कोठामा गएर मनपर्ने परिकार पनि पकाउँदै छिन् ।   

अहिले केकी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । घरबाहिर निस्कन नपाएपछि उनले यो समयलाई सदुपयोग गर्नका लागि फेसवुकमा विभिन्न कृयाकलाप गर्ने गरेकी छिन् ।

उनी कहिले फेसवुकमा कोरोनाबाट कसरी बच्ने ? कसरी साबुन पानीले हात धुने ? तथा एक्लोपनबाट कसरी बच्ने लगायतका टिप्स लिएर आउने गरेकी छिन् । भने, कहिले उनकी प्रिय साथी रिमा विह्वकर्मासँग अन्ताक्षरी लिएर आउने गरेकी छिन् ।
उनले कोरोना बाट बच्न सबैभन्दा बढि मनोरञ्जनमा ध्यान दिनुपर्ने उपाय सुझाएकी छिन् । मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्नका लागि मनोरञ्जन महत्वपूर्ण पाटो रहेको केकीको धारणा छ ।

‘अहिले सबैले आफ्नो शारीरिक र मानसिक स्वास्थ ठीक राख्नुपर्छ । जब यसवाट निस्कन्छौं, केही ढोकाहरू बन्द होलान् । केही ढोका बन्द हुनु भनेको अर्काे ढोका खुल्नु पनि हो । त्यसैले चुनौतीलाई अवसरमा परिणत गरौं ।’ नायिका केकी भन्छिन् ।

तस्विरहरूः इकान्तिपुर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *