मेस्सीको तुलना कोहीसँग हुन सक्दैन : पूर्वप्रशिक्षक भाल्भेर्डे

एजेन्सी । लियोनल मेस्सीको तुलना कोहीसँग पनि हुन नसने बार्सिलोनाका पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले बताएका छन् ।  हालै एक पत्रकार सम्मेलनका क्रममा ५६ वर्षीय प्रशिक्षक भाल्भेर्डेले मेस्सीको विषयमा बोल्दै उनको तुलना अन्य कुनै खेलाडीसँग गर्न नसकिने जिकिर गरेका हुन् ।

बार्सिलोनामा साँढे २ वर्ष बिताएका भाल्भेर्डे केही समयअघि मात्र बर्खास्तमा परेका थिए । ४ ठूला उपाधि दिलाएका उनी गत जनवरीमा क्लबबाट बर्खास्तमा परेका भएपनि उनले मेस्सीको खुलेरै तारिफ गरेका छन् ।

६ पटकका बालोन डी‘ओर विजेता मेस्सीलाई प्रशिक्षण दिलाएका उनले अर्जेन्टिनी स्टारको प्रशंसा गरे । ‘मेस्सीको तुलना कोहीसँग पनि हुन सक्दैन’, उनले भने, ‘अन्य कुनै खेलाडीसँग उनको तुलना गर्नु निकै कठिन छ । जब तपाईं उनलाई अभ्यासका क्रममा देख्नुहुन्छ वा मैदानमा देख्नु हुन्छ अनि तपाईंलाई थाहा हुनेछ कि उनको तुलना कोहीसँग हुन सक्दैन ।’

उनले प्रशिक्षकका लागि मेस्सी धेरै नै सजिला खेलाडी रहेको समेत बताएका छन् । ‘किनकी उनीसँग टोलीको सम्बन्धमा ठूलो प्रेरणा पनि छ । जितका लागि महत्त्कांक्षी रहेका उनको प्रदर्शन सबैभन्दा माथिल्लो स्तरको छ,’ भाल्भेर्डेले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *