भारतबाट लुकेर आएका एक नेपालीलाई क्वारेन्टाइन लगियो

सुजाता निङ्लेकु

विराटनगर । भारतबाट लुकेर आएका एक नेपालीलाई नगर प्रहरीले क्वारेन्टाइनमा लगेको छ । लकडाउनको समयमा भारतबाट लुकेर नेपाल प्रवेश गरेका उनलाई आईतबार नगर प्रहरीको निग्रानीमा क्वारेन्टाइनमा लगिएको हो ।

भारतको लक्सर गोठगाउँमा रोजगारीका लागि गएका मोरङ बुढीगंगा गाउँपालिका ६ कायलपुरका ३५ बर्षिय कन्नु चौधरीलाई १४ दिनसम्म क्वारेन्टाईनमा राखिने भएको छ ।

एक बर्ष अघि मात्र नेपालबाट भारतको लक्सर भन्ने स्थानमा उखु काट्ने कामका लागि गएका चौधरीलाई उनका मालिकले भारतबाट तेल बोक्ने ट्याङकरमा हालेर नेपाल पठाएको उनले बताए ।

भारतबाट शनिबार नेपाल प्रवेश गरेका चौधरी विराटनगरको आइसिपीबाट भागेर विराटनगर प्रवेश गरेका थिए । भारतबाट आँउदा बोर्डरमा कुनै स्वास्थ्य चेकजाँच नगरी विराटनगर आएका थिए ।

चौधरी हिँड्दै विराटनगर ३ स्थित पुष्पलाल चोक छेउमा लडिरहेको अवस्थामा भेटेको स्थानीय सुभाष घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार चौधरीले माधक पदार्थ सेवन गरेका थिए ।

चौधरीको विषयमा स्थानीयबासीले सोधपुछ गर्ने क्रममा भारतबाट आएको थाह भएसँगै स्थानीयबासी त्रसित बनेका थिए ।

यो समय नेपालामा कोरोना भाइरस संक्रमणको बढ्दो त्राससँगै उनी भारतबाट कुनै चेकजाँच नगराई प्रवेश गरेको भएकाले पनि स्थानीय त्रसित बनेको घिमिरेको भनाई छ ।

भारतबाट आएका चौधरीलाई विराटनगर महानगरपालिकाको नगर रक्षकको टोलीले बुढीगंगा गाँउपालिकासँग समन्वय गरेर सोही स्थानको क्वारेन्टाईनमा राखिने नगर रक्षक प्रमुख राजन पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार चौधरीको स्वास्थ्य परिक्षण गर्दा ठिक रहेको र तत्काल फिबर चेक गरी
१४ दिनसम्म क्वारेन्टाईनमा राखिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *