थप एकमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो, १६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कारोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ५२ पुगेको छ ।

आज झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिए पछि संक्रमितको संख्या ५२ पुगेको हो ।

झापाका ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको विराटनगरस्थित कोशी अस्पतालमा परीक्षणको नतिजाअनुसार पोजेटिभ आएको हो ।

यसअघि पनि झापामा ६२ वर्षीय एक पुरुषमा कोरोना देखिएको छ। यीमध्ये १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

https://www.facebook.com/mohpnep/photos/a.491837247971466/882144802274040/?type=3&theater

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *