वीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना देखिएन

वीरगञ्ज। वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ। आइतबार गरिएको पीसीआर टेष्टमा युवतीको नतिजा नेगेटिभ आएको हो।

वीरगञ्ज–१० अशोकबाटिकी २३ वर्षीया ती युवतीमा यसअघि गरिएको र्‍यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएको थियो। उनको शनिबार मृत्यु भएको थियो। उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन्।

उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न हेटौंडा पठाइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *