कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु, संक्रमितको संख्या बढ्दो

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्ले जारी गरेको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वभर हालसम्म ४९ जना नेपालीको मृत्यु हो । बेलायमा ३३ जना, अमेरिकामा १०, युएईमा २, आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डमा एक–एक जना नेपालीको मृत्यु भएको जारी तथ्यांकमा उल्लेख छ ।

सार्वजनिक तथ्यांक अनुसार शनिबारसम्म नेपालबाहेक विश्वका विभिन्न देशमा गरी १९८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । यो संख्या अमेरिका र बेलायतमा अझ बढी हुन सक्ने बताइएको छ। नेपालमा पनि आज थप दुई जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५१ पुगिसकेको छ । मृत्यु हुनेकाे संख्या भने नेपालमा हालसम्म शून्य नै छ ।

जसमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *