राष्ट्रिय आविष्कार केन्द्रले बनायो कोरोना संक्रमितको सेवामा खटिने ‘रोबोट’

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस (कोभिड १९) संक्रमित बिरामीहरुलाई खाना र औषधि पुर्याउने रोबोट निर्माण गरेको छ ।

आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनका अनुसार उक्त रोबोट आज (आइतबार) विरेन्द्र सैनिक अस्पताल, छाउनीमा बनाइएको कोरोना विशेष उपचार केन्द्रमा पठाइँदै छ ।

यसको प्रयोगले बिरामीको सेवामा खटिने नर्सहरु सुरक्षित हुने पुनको विश्वास छ । यो रोबोटको बिकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन जति लागेको थियो । यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले नै दिएको पुनले जानकारी दिए । अन्य पार्ट पुर्जाहरुको मात्र मोटामोटी खर्च ७५ हजार रुपैयाँ लागेको उनले बताए ।

यस्तै रोबोटको माग वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि आएको उनले जानकारी दिएका छन् । अब यस्तै अरु रोबोट बन्ने उनको भनाइ छ ।

https://www.facebook.com/nicnepalofficial/videos/3752556841483244/?t=2

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *