वीरगञ्ज : नारायणी अस्पतालमा रहेका चारजना कोरोनामुक्त, डिस्चार्ज हुँदै

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजना मुक्त भएका छन् । कोरोना संक्रमण देखिएपछि अस्पतालमा उपचाररत् चारजनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् । हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा शुक्रबार र शनिबार कोरोना संक्रमण तीनजना भारतीय र एकजना नेपाली युवाको स्वाब परीक्षण भएको थियो । २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

हेटौंडाको ल्याबमा गरिएका परीक्षणमा नतिजा नेगेटिभ आएको नारायणी स्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन उपाध्यायले पृष्टि गरे । उनका अनुसार उपचाररत् ३७, ४४ र ५५ वर्षीय भारतीय तथा १९ वर्षीय रौतहटका एक युवाको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरु चारै जनालाई आज डिस्चार्ज गर्ने तयारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *