राष्ट्रसंघ भन्योः ‘कोरोना भाइरसको खोप सबैले पाउनु पर्छ’

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोभिड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन्। उनले शुक्रबार ट्वीट गर्दै भने, ‘यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन कि संसारमा सबै मानिसले उति नै दुःख पाएकोले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ।’

यो खोप विश्वका सबै नागरिकले उपभोग गर्न पाउने सार्वजनिक वस्तुजस्तै हुनुपर्ने उहाँको जोड छ। विश्वका केही देशले पछिल्ला केही दिनयता यो खोप मानिसमा परीक्षण गरेको भन्ने समाचार आएपछि महासचिव एन्टोनियो गुटर्रेसको यो भनाई आएको हो।

कोरोना भाइरसको प्रकोपका विरुद्ध खोप निर्माणको प्रतिश्पर्धा विश्वमा भइरहेकोमा दुई दिनअघि बेलायत र संयुक्त राज्य अमेरिकाले यो खोपको परीक्षण मानिसमा शुरु भएको बताएका थिए। बेलायतमा कोरोना भाइरस खोपको परीक्षण शुरु गरिएको समाचार बिहीबार मात्र सार्वजनिक भएको थियो। बेलायतले अक्सफोर्डमा मानिसमा कोरोनाभाइरस खोपको पहिलो परीक्षण सुरु गरिएको समाचार आएको थियो।

महासचिव गुटर्रेसले विश्वव्यापी चासोको विषय भएकोले यससम्बन्धी तथ्यहरु सार्वजनिक गर्नुपर्ने र संसारका मानिसले पनि यसलाई औषधीका रुपमा प्रयोग गर्ने अधिकार राख्ने पनि बताएका छन्। -एपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =