गर्भवती तथा सुत्केरीलाई कोरोनाबाट जोगाउन आग्रह

काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा जागेश्वर गौतमले सुत्केरी तथा गर्भवती महिलाले कोरोना भाइरसबाट बच्न विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले कोरोना महामारीबाट बच्न विशेष ध्यान दिन आग्रह गरे।

ठूलो समस्या नपरी सुत्केरी तथा गर्भवती महिलाहरुलाई अस्पताल नजानसमेत उनले सुझाए। ज्वरो आएमा, जीउ सुन्निएमा, रक्तचाप बढेमा मात्र गर्भवती महिलालाई अस्पताल जान डा गौतमले आग्रह गरे। कोरोना संक्रमित महिला डेलिभरी हुने भए उनीहरुको लागि अस्पतालमा छुट्टै लेबर रुम र अपरेसन कक्ष स्थापना गरिएको उनले जनाए।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको समेत जानकारी गराए। तर कहाँ कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएको छैन। यद्यपि क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि र औलो संक्रमण देखिएकोले यसतर्फ सचेत रहन आवश्यक रहेकोसमेत उनले बताए।

उनले शनिबार कोरोना भाइरसका नयाँ संक्रमित नभटिएको जानकारी दिए। मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म कोरोना संक्रमितको संख्या ४९ रहेको र १२ जना निको भएर घर फर्किइसकेको जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *