सडकमा धुलो उडेपछि पानी छर्कँदा दलितमाथि निर्घात कुटपिट
२०७७ वैशाख १२ गते

सांकेतिक तस्बिर
मायादेवी गाउँपालिका वडा नं १ पकडीमा एक दलित महिलामाथि कुटपिट भएको छ ।
पकडी निवासी ४० वर्षीया अनिता पासीलाई स्थानीयवासी चार जनाले सडकमा धुलो उडेका विषयमा कुटपिट गरेका हुन् ।
सडकमा धुलो उडेपछि पानी छर्किने विषयमा विवाद हुँदा आफूलाई पकडीका सानाहे यादव, हरिराम यादव, बडकी ताकियाही र छोटकी तकियाहीले कुटपिट गरेको पीडित पासीले बताए ।
यही वैशाख ७ गते दिउँसो हावा चलेको बेला सडकको धुलो उडेपछि पासीले बाटामा पानी छर्किँदा तल्लो जातले पानी छर्किनु हुँदैन भन्दै यादव परिवारले अनितालाई कुटपिट गरेको थियो ।
एकल महिला पासीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सो विषयमा उजूरी दिएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषी भए जातीय छुवाछूत कानूनबमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुनिल मल्लले जानकारी दिए । रासस
२०७७ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित








