के हो तान्त्रिक सेक्स, कसरी बनाउने यस्तो सम्बन्ध ?

काठमाडौं। शारीरिक सम्बन्धका विभिन्न तरिकाका बारे धेरै थरि बहस हुन्छ। यीनै बहसहरु मध्ये पछिल्लो समय चर्चा सुरु भएको छ तान्त्रिक यौन सम्पर्कको। तान्त्रिक यौन, अलि भिन्न लाग्न सक्छ यो सन्दर्भ। वास्तमा यो यौनको कुनै अनौठो गतिविधि भने होइन।

यसको लक्ष्य के मात्र हो भने, तपाईंका पार्टनरलाई आध्यात्मिक एवं गहिरो तरिकाले सम्झाउन बाहेक अरु कुनै गतिविधि नहोस्। यसको उदेश्य चरामोत्कर्ष मात्र होइन। यद्यपी यसमा व्यक्तिगत सम्बन्धलाई बलियो बनाउनका लागि एकअर्कालाई गहिराईसम्म बुझ्नु र आनन्ददायक अन्तरंग सम्बन्ध बनाउने कुरामा जोड दिइन्छ। केही अनुसन्धानले तान्त्रिक यौन सम्बन्धमा सहभागी जोडीले भरपुर सन्तुष्टि पाउने उल्लेख छ।

तान्त्रितक यौनका लागि तपाईंलाई छोटो समयले पुग्दैन। यो क्षणिक प्रेमको लागि पनि होइन। ‘यस माध्यामबाट तपाईंभित्र पार्टनरप्रति अगाध श्रद्धा जाग्नुपर्छ’ भनिएको छ तान्त्रिक सेक्स मेड सिम्पलमा। यसको अर्थ के हो भने जब तपाईं आफ्नो पार्टनरसँग यौन सम्बन्ध बनाइरहनुभएको छ, तब तपाईंको मस्तिष्क अन्यत्र भड्किनु हुँदैन। तपाईंको मन-मस्तिष्कमा आफ्नो पार्टनर नै रहनुपर्छ।

तान्त्रिक यौनको उदेश्य पुरुषलाई शारीरिक, मानसिक र आत्मको स्तरम्म तृप्त गर्नु हो। यसलाई तपाईं तब आफ्नो सास नियन्त्रण गरेर प्राप्त गर्न सक्नुहुन्छ, जबकी आफ्ना पार्टनर पनि आफ्नो सासलाई नियन्त्रण गरिरहेका छन्। यस्तो अवस्थामा एकअर्काले अरु नजिक भएको अनुभूत गर्छन्। यौन प्रक्रियालाई केही खास विधीबाट लामो समयसम्म गर्नुपर्छ। यसको उदेश्य तपाईंमा चरमोत्कर्ष प्राप्त हुनु होइन, बरु आफ्नो पार्टनरलाई अत्यान्तै नजिक अनुभूत गर्नु हो। जसले पार्टनरको शरीरलाई अरु गहिराइमा बुझ्न सकियोस्।

तान्त्रिक यौनको पद्धती, यौनको तौरतरिका र यौनको मानसिक विधीभन्दा पनि उच्च स्तरको हो। तान्त्रिक यौनमा कठिन यौन आसन -मुद्रासँग कुनै लेनदेन छैन। यस्तो आसन, जसमा दुबैले उत्तिकै आनन्द लिन सकोस्। यस किमिसको यौन प्रक्रिया लामो समय चल्नुपर्छ र यौनमा पूर्ण आनन्द प्राप्त हुनुपर्छ।

सोंच जरुरी
तान्त्रिक यौन सम्बन्धका लागि आसन, स्थानको कुनै सम्बन्ध छैन। किनभने यो एक मानसिक कुरा हो। यौन सम्बन्धी आफ्नो पुस्तकमा मार्क र प्याटि्रशिया लेख्छन्, ‘कुनै अन्य कारण भन्दा तान्त्रिक यौनको सम्बन्ध तपाईंको दृष्टिकोणसँग सम्बन्धित छ। अतः यसका लागि केवल तपाईंको सोंचमा परिवर्तन आवश्यक छ।’

कतिपयले तान्त्रिक यौनलाई फरक भनेर बुझ्छन्। जबकी यो नियमित यौन सम्बन्ध जस्तै हो। यद्यपी यसमा पाटर्नर एकअर्काप्रति भावनात्मक रुपले अरु बढी एकाकार र समर्पित हुनुपर्छ। उनीहरुको सम्पूर्ण ध्यान पाटर्नरमा हुनुपर्छ। तान्त्रिक यौन सम्बन्धका लागि लामो समय आवश्यक छ।

कसरी बनाउने तान्त्रिक यौन सम्बन्ध ?

  • यसका लागि एक खुला, शान्त र एकान्त कोठा आवश्यक छ। कोठा अँध्यारो हुनुपर्छ र त्यसमा मैनबत्ती बालिएको हुनुपर्छ। मैन बत्तीको धिमा प्रकाश चाहिन्छ।
  • ओछ्यानस सहज र फराकिलो हुनुपर्छ। दुबै आरमदायक सिरानीको बीच एककअर्काको नजिक बस्नुपर्छ।
  • एकअर्काको आँखामा गहिरिएर हेर्नुपर्छ, जस्तो तपाईं उनलाई बताउन चाहनुहुन्छ कि तपाईं एक इमान्दार र समर्पित पार्टनर हो।
  • एकअर्काले तालमेल मिलाएर समान गतिमा सास लिनुपर्छ।
  • आफ्नो हात उनको शरीरभन्दा दुई इन्चको दुरीमा राख्नुपर्छ र उनको शरीरबाट निस्किएको उर्जा अनुभव गर्नुपर्छ। यस उर्जा दुबैले क्रमस अनुभव गर्दै जानुपर्छ।
  • दुबैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधीबाट यौन क्रियामा संलग्न हुनुपर्छ।

पछिल्लो अध्ययन अनुसार युवाहरु तान्त्रिक यौन सम्बन्धमा आकर्षित हुन थालेका छन्। एकअर्काप्रति इमान्दार र समर्पित भएको अनुभूति भएपछि दुवैले एकअर्कासँग साच्चिकै नजिक भएको महसुस गर्छन्। शरीर नछोइकन सामिप्यता महसुस भएपछि मात्र अन्य क्रियाकलाप क्रमश सक्रिय हुन थाल्छन्। दुवैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधिबाट गरिने यौन क्रियालाई तान्त्रिक यौन सम्बन्ध भनिन्छ। नेपाल, भारतलगायत दक्षिण एसियाका विभिन्न देशमा यो यौन सम्बन्धको तरिका बढ्दै गएको एजेन्सीहरुले उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *