किन मौसममा यति धेरै बदलाव भइरहेको छ ?

काठमाडौं । हुन त यो प्रि मनुसन सक्रिय हुने समय हो । तर, केहिदिन यता मुलकभरको मौसम अप्रत्यासित रुपमा बदली रहि साँझ र विहान चट्याङ् सहित वर्षा भइरहेको छ । राजधानीमा मात्रै अप्रत्यासित रुपमा क्षणभरमै वर्षा हुने परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभावका कारण मौसममा फेरबदल भएको हो ।
हाल देशका पहाडी भू–भागमा सामान्य र तराईका भू–भागमा आंशिक देखी सामान्य बदली भइरहेको छ । महाशाखाका अनुसार मौसम फेरवदल हुने क्रम केही दिन अझै जारी रहनेछ । देशका पहाडी भूू–भागका धेरै स्थानहरुमा, मध्य र पश्चिम तराईका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा हुन सक्न छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख ११ गते (बिहिबार)
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने अनुमान छ । देशका पहाडी भू–भागका धेरै स्थानहरुमा, मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राती देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य तथा पूर्वी भु–भागका थोरै स्थानहरुमा चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ ।
बैशाख १२ गते (शुक्रबार)
भोली दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । मध्य र पूर्वी भू–भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना छ । पूर्वी पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोली राती देशभर आंशिक देखि सामान्य बदली रहि पूर्वी भू–भागका थोरै स्थान र पश्चिमि पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना देखिएको छ ।
बैशाख १३ गते (शनीबार)
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका मध्य र पश्चिमका पहाडी भू–भाग र पुर्वी भू–भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
शनीबार राती देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भू–भागका एक दुइ स्थानमा, मध्य र पूर्वी भु–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको हुने अनुमान छ ।








