पत्रकारलाई मास्क र सेनिटाइजर वितरण

विराटनगर । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले आज मोरङ, सुनसरी र झापाका पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमको अवस्थामा फिल्डमा खटिएका सक्रिय पत्रकारहरुको सुरक्षाका लागि मास्क र सेनिटाइजर वितरण गरिएको हो ।

सुनसरीका पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय मास्क सुनसरी अध्यक्ष अमर खड्कालाई प्रदान गरिएको छ भने पथरीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय वटा मास्क र उर्लाबारीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क सम्बन्धित ठाउँमा प्रदेश पत्रकार महासंघको तर्फबाट प्रदान गरिएको हो । महासंघको तर्फबाट पत्रकार रबिन भट्टराईले सो सामान हस्तान्तरण गरेका हुन् ।

यसै क्रममा झापाको दमकका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क वितरण गरिएको छ भने झापाको अन्य स्थानमा रहेर फिल्डमा खटिएका सञ्चारकर्मीलाई एक सय २० वटा सेनिटाईजर र २ सय वटा मास्क पत्रकार महासघ जिल्ला शाखा झापामार्फत प्रदान गरिएको महासंघका प्रदेश अध्यक्ष बिक्रम लुइँटेलले बताए । लुईटेलको अनुसार पत्रकार महासंघ प्रदेश समितिलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त सामग्री उपलब्ध गराएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =