लाग्छ प्रहरी र जनता लुकामारी खेलिरहेका छन् !

यो मन भन्छ कँहा जाँउ
कस्ले पो देला बस्ने ठाँउ
मै दुखीको विरानो भो आफ्नै घर गाँउ…

शम्भु राईको स्वरमा रहेको गीत यो समय मेरो जीवनमा मात्रै होइन सबैको जीवनमा मेल खान जान्छ । नजिक घर भएकाहरु लकडाउनको खबर अघि नै हिँडे । भौगोलिक दुरीले टाढा पेसाप्रतिको जिम्मेवारीले घर तर्फका मेरा पाईला रोकिए । म आफ्नै कर्मक्षेत्रमा लकडाउनको पूर्ण पालनासहित रिपोर्टिङ गर्दै दैनिकी चलाइरहेकी छु । अहिले विश्व कोरोना भाइरसबाट आतकिंत भइरहेको अवस्था छ । आर्थिक, सामाजिक, राजनितिक सम्पूर्ण क्षेत्रमा पनि प्रत्यक्ष असर पर्न गएको छ ।

यो समय विश्व कोरोना भाइरस संक्रमणसँग जुधिरहेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो छैन । नेपालमा संक्रमित संख्या दिन प्रति दिन वृद्धि भइरहेको अवस्था छ । मंगलबारसम्ममा नेपालमा संक्रमित संख्या ४२ पुगिसकेको छ । कोरोना भाइरस संक्रमण फैलिन थालेसँगै नेपाललाई नियन्त्रणका लागि क्षमता भन्दा बहिरको विषय नै रहन्छ । त्यसैले कोरोना भाइरस संक्रमण हुन नदिन र नियन्त्रणका लागि नेपाल सरकारको तर्फबाट जति भूमिका निर्वाह भएको छ त्यति नै हामी आमनागरिक जिम्मेवार हुनु पर्ने भए पनि विराटनगरलाई हेर्ने हो भने लकडाउनको पालना गरे जस्तो खासै देखिदैन ।

 

म कोरोना भाइरस संक्रमणको त्राससँगै ताजा कथाको पात्र खोज्न दिनमा एक पटक बाहिर निस्कने गर्दछु । त्यसैक्रममा गत सोमबार मध्य दिनमा रिपोर्टिङमा निस्किए । धेरै जस्तो बजार क्षेत्र भन्दा पनि तराईको ग्रामिण क्षेत्र निस्कन्छु । अधिकांश म कटहरीको गाँउ, वस्ती चाहार्ने गर्दछु । मेरो यात्रा विराटनगर बजार देखि सुरु हुन्छ । पात्र अनेक किसिमका भेटिन्छन् । कतिले मास्कको प्रयोग गरेका हुँदैनन्, अधिकांश महिलाले साडिको फेराले नाक मुख हतार, हतार छोप्छन् त्यो पनि मेरो क्यामेरा हेर्दै । लाग्छ कि मैले कुनै सिरियलको सुटिङ गर्न हिडे जस्तो । गाँउवस्तीमा कोरोना संक्रमणको सूचना राम्रोसँगै नै सम्पे्रषण भएको छ । तर किन बुझदैनन् सर्वसाधरण भोलि हामी रोगको दलदलमा फस्दै छौं भनेर ?

                                                                                    ०००००

बजारको कुरा गरौं, यो क्षेत्रमा पढेलेखेका बुद्धिमानी भनौदाहरु बिहान र बेलुका जसोतसो सुरक्षाकर्मीको बलले घर भित्र अडिएका हुन्छन् । दिनको १२ बजे देखि यत्रतत्र छरपस्ट हुन्छन् । न उनीहरु सामाजिक दुरी राखेर नै बसेका हुन्छन्, न लकडाउनको पालना । बिच सडकमा क्रिकेट खेल्ने, फुटबल खेल्ने जस्ता कार्य हुन्छ । जसमा कलेज स्कुलमा अध्यनरत विद्यार्थीहरु नै हुन्छन् । उनीहरुलाई कोरोना भाइरस के हो ? कसरी जोगिने र हाल कोरोना भाइरस संक्रमणले विश्वमा कस्तो असर पारेको छ भन्ने प्रश्न गरिरहँदा एक घण्टासम्मको मन्तव्य तयार दिन सक्छन् अर्थात ज्ञान प्राप्त छ ।

अन्त नजाउन मेरो डेरा वरपर सबै पढेलेखेका छन् । सबैलाई थाहा छ मुलुकले महासंकट वेहोरिरहेको छ । तर उनीहरु क्रिकेट खेल्न सडकमा उत्रिन्छन् । जब सुरक्षाकार्मीको गाडिको साइरन बज्छ दौडिदै घर भित्र भाग्छन् । उनीहरुको अभिभावक रेलिङमा बसेर हाँसोले उडाउछन् । त्यहाँ प्रहरी र उनीहरुको सन्तान विच लुकामारी खेल सुरु भए झैँ । हुन त भनिन्छ गहिरो निन्द्रामा परेका लाई विउझाउन सहज हुन्छ, जो निदाएको नाटक गर्दछन् उनीहरुलाई विउझाउन गाह्रो हुन्छ ।

मुलुक महासंकट वेहोरिरहेको छ तर, केही मानिसहरु सडकमा निर्धक्क हिड्डुल गर्छन । जब सुरक्षाकार्मीको गाडीको साइरन बज्छ अनि दौडिन्छन् र भित्र छिर्छन् ।

केहि दिन अगाडि केशलीया रोडमा लकडाउन उलङघन गर्नेहरुलाई एक प्रहरी अधिकृतले उनीहरुबाट नै प्रशिक्षण दिन लगाइरहँदा विश्वविद्यालयका प्राध्यपक झैं कोरोना भाईरस सम्बन्धि जानकारीमूलक विषयमा बोलका थिए । सुरक्षाकर्मीहरुको भनाई अनुसार लकडाउन उलङघन गर्ने अधिकांश नबुझने भन्दा पनि अति बुझने पढेलेखेका नै हुने गरेको पाईएको छ । त्यसो त यहि नुसारको नेपालमा कोरोना भाईरस संक्रमण बढ्दै जानु र आम सर्वसाधरणले बुझेर पनि नबुझे झैं गरिरहँदा निकट दिनमा ठुलो संकट वेहोर्न तयारी अवस्थामा बस्दा हुन्छ ।

सुरक्षाकर्मी र जनताको लुकामारी
मेरो साधन छैन । अधिकांश म पैदल नै हुन्छु । यो समय साधन भएका साथी भाई सेल्फ क्वारेन्टाइनमा आ–आफ्नो घरमा परिवारसँग समय विताइरहेका छन् । संचारकर्मी भएकाले मलाई रोकावट हुँदैन । तर कोरोनाले मेरो परिचयपत्रले मान्दैन भन्ने पनि ज्ञान छ । तर ताजा कथाको पात्र खोज्दा आफुलाई पनि आनन्द आउने पाठकले पनि कोरोना भन्दा बाहिरका नयाँ स्वाद पाउलान भन्ने सोंचले म हिँडिरहन्छु ।

म विराटनगर बसपार्क, ट्राफिक चौक हुँदै बजार वरपर घुमिरहन्छु । साँझको ४ः३० भएको थियो । मेरो पछिपछि दुई जना साईकल यात्रु थिए । साँझको समय ट्राफिक चौकमा सुरक्षाकर्मी खटिएका थिए । लकडाउन उलङघन गर्नेलाई उभ्याइएको थियो । त्यो दृष्य परबाट नै अवलोकन गर्न सकिन्थ्यो । मेरो पछाडीका दुई साइकल यात्रु मुखामुख गर्दै भने– ‘फ्रेस हुन निस्किएको होइन अब हु फ्रेस, फक्रिम यार घर ।’ उनीहरु संसारी माईस्थान मन्दिरबाट नै जहाँबाट आएको त्यहिँबाटो फर्कियो ।

मलाई समाचार बनाउन थियो र म ट्राफिक चोकतर्फ लागे । मेरो छेउमै आएर एक महिलाले भनिछ्- ‘तपाई त्यता नजानुस् है पुलिसले २ घण्टा उभ्याउँछन् ।’ म मौन भएर उनको कुरालाई वेवास्ता गर्दै गन्तव्यतर्फ लागे !

मलाई समाचार बनाउन थियो म ट्राफिक चोकतर्फ लागे । मेरो छेवैमा आएर एक जना महिलाले तपाई त्यता नजानुस पुलिसले २ घण्टा उभ्याउछन्, उनले थपिन मत इभिनिङ वाकमा हिँडेको थाहा पाएर फर्किए । म मौन भएर उनको कुरालाई वेवास्ता गर्दै मेरो गन्तव्यतर्फ लागे । उनलाई रोगसँग लुक्न भन्दा पनि प्रहरीसँग लुक्न हतारो भए जस्तो आभास भयो मलाई । जनताको जिउ धनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुलाई रहर होला र विना सुरक्षाका साथ सडकमा उत्रिनलाई उनीहरुको पनि घरमा परिवार छ । आफ्नो परिवारसँग रमाउन समय व्यतित गर्न के उनीहरुलाई रहर हुन्न होला र ?

ट्राफिक चोकमा खटिएका प्रहरी एक सुरक्षाकर्मीको अनुसार उनले ३ दिनदेखि परिवारसँग राम्रोसँग फोनवार्ता गर्न पाएका छैनन् । डिउटीमा निस्कने बेलामा छोराछोरीको ख्याल राख है पनि भन्न पाएको हुँदैनौं कहिलेकाँही । तर यो समस्या जनताले कहाँ बुझिदिन्छन् र ? उनले भने हाम्रो पनि परिवार छन्, हामी सडकमा उभिएर जनतालाई बाहिर ननिस्कनु भनिरहँदा मेरो परिवारलाई भन्न पाईरहेको छैन । उनले थपे जनताले हाम्रा लागि मास्क लगाउछन्, हाम्रा लागि घरभित्र पसिदिन्छन् लाग्छ प्रहरी र जनता लुकामारी खेलिरहेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *