औषधि पसल नियमित सञ्चालन गर्न अपिल
२०७६ चैत १० गते

चैत १०, काठमाडौं। नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायिहरुलाई आग्रह गरेको छ।
संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले वक्तव्य जारी गर्दै औषधि पसल नियमित रुपमा सञ्चालन गर्न अपिल गरेका हुन्। व्यवसाहीहरुले भूकम्प, नाकाबन्दी जस्ता कठीन परिस्थितिमा पनि औषधिको अभाव हुन नदिएको स्मरण गर्दै उनले कोरोना भाइरसको यस महामारीमा पनि नियमनित पसल सञ्चालन गर्न आग्रह गरेका हुन्।
उनले विश्व यस महामारीको कठीन परिस्थितिबाट गुज्रिरहेकोले औषधिको आपूर्ति र वितरणमा सहजता ल्यान अनुरोध समेत गरे। अध्यक्ष श्रेष्ठले औषधिको आपूर्ति र वितरणमा कुनै पनि प्रकारका समस्या आएका त्यसको समाधानका लागिसमेत संघ तयार रहेको बताए।
साथै, व्यवसायीहरुलाई आफ्नो स्वास्थ्य सुरक्षाका लागि आवश्यक अपरिहार्य सुरक्षा विधि अपनाएर औषधि बेच्न उनले आग्रह गरे।
२०७६ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








