सामसङको यी दुई नयाँ फोन सेट प्रि–अर्डर गर्नेलाई अफरै अफर, फागुन ३० देखि बजारमा

फागुन १९, काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्रान्ड सामसङ नेपालले आजदेखि ग्यालेक्सी एस २० र एस २० प्लसको प्रि अडर खुला गरेको छ ।  

प्रि–अडर गर्ने उपभोक्ताले तोकिएको मितिभन्दा अगाडि पाउने पनि कम्पनीले जनाएको छ । स्थानीय बजारमा ग्यालेक्सी एस २० को बजार मूल्य १ लाख ७ हजार ५ सय र एस २० प्लसको १ लाख १९ हजार ५ सय रहेको छ ।  

ग्यालेक्सी एस २० सिरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार रहेको कम्पनीले जनाएको छ । त्यसमा उच्चस्तरीय फोटो एवम् भिडियो सम्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।  

ग्यालेक्सी एस २० सिरिजमा रहेका अन्य सुविधाहरूमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर, सुपर जुम, सिंगल टेक, प्रो–ग्रेड–फ्लिमिङ्ग रहेको जनाइएको छ ।  

ग्यालेक्सी एस २० तथा एस २० प्लसमा नेपालका कुनै पनि सामसङको स्टोरमा पाँच हजार जम्मा गरेर अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २० प्लस अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी बड्सप्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभि ६ हजारमा खरिद गर्न सक्न पनि कम्पनीले जनाएको छ ।  

यसैगरी अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी उपहार स्वरूप टर्किस एअरलाइन्स, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेज, लेट मिइनका सेवा, बयोधा हस्पिटलमा एवम् केजीएच ग्रुपको प्रोपर्टिजमा भारी छुट पाउने कम्पनीले जनाएको छ । 

अग्रिम अर्डर गर्ने ग्राहकहरुमध्ये लक्की ड्र बाट विजेता हुनेलाई टर्की एयरलाईन्सको तर्फबाट दुईतर्फी बिजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टिभ २, केजीएच गु्रपको वाटर फ्रन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटेलमा दुई रात बस्न पाउनेछन् । साथै ले मि इनको तर्फबा ५ हजार बराबरको उपहार कुपन पनि प्राप्त गर्न सक्नेछन् ।  

कम्पनीका अनुसार सामसङको यो फ्लयागसिप डिभाइसमा आधारभुत परिवर्तन गरिएको छ । यी नयाँ मोबाइल सेट फागुन ३० गतेदेखि उपभोक्ताले बजारबाट खरिद गर्न सक्नेछन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *