कोरोनको जोखिम प्रति उच्च सतर्कता अपनाउँदै जनचेतना, महासंघद्वारा पत्रकारहरुलाई मास्क बितरण

चैत्र ९, धरान । कोरोना भाइरस अर्थात (कोभिड-१९) को जोखिम प्रति उच्च सतर्कता अपनाउँदै धरान वडा नं १२ को कार्यलयले महामारी सम्बन्धी जनचेतना सम्पन्न गरेको छ ।
सरकारको निर्णयको पालना गर्दै वडा नं १२ ले स्थानीयहरुको उपस्थिती तथा केन्द्रीय विज्ञान तथा प्रविधी क्यामपस हात्तीसारको सहयोगमा सो जनचेतान कार्यक्रम आईतबार सम्पन्न गरेको हो ।
वडाका कार्यवाहक अध्यक्ष तथा सदस्यहरुको उपस्थितीमा गरिएको कार्यक्रममा केन्द्रीय विज्ञान तथा प्रविधी क्याम्पस हात्तीसारका बायोलोजी बिभाग प्रमुख धिरेन लिम्बुले सेनिटाइजर प्रयोग बारेमा जनचेतना जगाउँदै कोरोना भाईरस सर्ने तथा बच्ने उपायका बारेमा जानकारी गराएका थिए भने सोही कलेजका विद्यार्थीहरुले साबुन पानिले कति समय र कसरी हात सफा गर्नै भन्ने बारेमा जानकारी गराए ।

त्यस्तै सोही कार्यक्रमको दौरानमा वडाले घरमै सेनिटाइजर बनाउने उपायका बारेमा सिकाईएका थिए भने वडाकै तर्फबाट उपस्थित सबैलाई मास्क समेत बितरण गरेका गरिएकाे थियाे ।
उता नेपाल फोटो पत्रकार महासंघ सुनसरीले पनि आजै धरानका पत्रकारहरुलाई कोरोना भाइरस (कोभिड -९०) को संक्रमणबाट बच्न मास्क बितरण गरेको छ ।
सुनसरी जिल्ला भरिमा धरानका पत्रकारहरूका लागी १ सय २५ थान र ईटहरी, ईनरूवाका पत्रकारहरूका लागी ७५ थान गरी करिब २ सय थान मास्क वितरण गरीएको हो । धरान भोटेपुलमा रहेको हिमालय पेट्रोल पम्पको आर्थिक सहयोगमा सो मास्क बितरण गरिएको नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष बिकास चाम्लिङ राईले जानकारी दिए । राईका अनुसार कोरोनाको संक्रमणबाट जोगिनका लागी केही सहयोग होस भन्ने उद्देश्यले मास्क बितरण गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका सह-सचिव दिनेश गजमेरले पनि पत्रकारहरूमा कोरोनाको केही समस्या देखे महासंघले सहयोगका लागी पहल गर्ने बताए । उनले धरानमा पत्रकार सन्तोष काफ्ले, ईटहरीमा ध्रुव ढकाल र इनरूवामा अजित झाको संयोजनामा कोरोना संक्रमण सहयोग समिती बनाएकाे जानकारी दिए ।
उक्त कार्यक्रम पनि ७ दिन सम्म पुग्ने ३० मिली लिटर ह्यान्ड सेनिटाइजर केन्द्रिय प्रविधी क्याम्पस हात्तीसारले बितरण गरेका थिए भने सोको नेतृत्व क्याम्पसका माईक्रोबाईलोजी विभागको प्रमुख धिरेन लिम्बुले गरेका थिए ।
केरोनाको संक्रमण हाम्रो स्वास नलिमा नपुगेसम्म शरिरमा कुनै पनि हानी नगर्ने बताउँदै लिम्बुले त्यसको लागी छिन-छिनमा साबुन पानीले हात धुनुपर्ने बताए।








