म क्वारेन्टाइनमा छैन, चिन्ता नगर्नुहोस्: सुपरस्टार ज्याकी च्यान

  

  

फागुन १९, काठमाडाैँ ।  कोरोनाभाइरसको कहर जारी छ । चीनमा मृतकको आँकडा २ हजार ८ सय ३५ पुगेको छ र संक्रमितको संख्या ७९ हजार २ सय ५१ पुगेको छ । यस्तोमा हङ्गकङ्गका सुपरस्टार ज्याकी च्यानका प्रशंसकलाई उनको स्वास्थ्यबारे ठूलै चिन्ता परेको छ । यद्यपि, ज्याकीले इन्स्टा पोष्टमार्फत् चिन्ता गर्नुपर्ने स्थिती नभएको स्पष्ट पारे । 

अंग्रेजी वेबसाइट स्पटबोयका अनुसार ज्याकीका संसारभरी थुप्रै प्रशंसक छन् । यस्तोमा सबै प्रशंसक आफ्नो स्टारको स्वास्थ्यको विषयमा निकै चिन्तित थिए । उनले इन्स्टाग्राममा आफ्नो बारे लेख्दै भने, ‘मेरोबारे चिन्ता गरिदिने सबैलाई धन्यवाद, म सुरक्षित र तन्दरुस्त छु । म क्वारेन्टाइनमा छैन । आशा गर्छु कि तपाईं सबै स्वस्थ हुनुहुनेछ ।’ 

चीनमा मनोरञ्जन उद्योगलाई क्षतीः 

जेम्स बोन्ड सिरिजको २५ औं फिल्म ‘नो टाइम टु डाई’ को अप्रिल प्रिमियर र टुर रद्द भएको छ । यस्तै ‘मुलान’ चीनमा रिलिज हुने मिति पनि निश्चित छैन । यी दुई फिल्म चीनमा रिलिज हुनुलाई निकै फाइदाजनक मानिन्थ्यो । सन् २०१५ मा ‘स्पेक्टर’ ले चीनमा ८३।५ करोड डलरको कारोबार गरेको थियो जबकि संसारभरी यो आँकडा ८ सय करोड डलर थियो । यसबारे मिशन इम्पोसिबल सिरिजको सातौं मूभीको प्रोडक्सन पनि यो भाइरसका कारण रोकिएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *