सावुन पानीले हात नधाेए र ज्वराे मापन नगरे काठमाडौं प्रहरी कार्यालय छिर्न नपाईने

चैत्र ६, काठमाडौं । मित्र राष्ट्र चिनको हुवई प्रान्तको वुहानाबाट सुरु भएको कोरोना भाइरसको प्रभाव विश्व जगतले झेलिरहेको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपाल कोरोना भाईरसको उच्च जोखिममा रहेको बताईसकेको छ । चिनमा महामारीको रुपमा लिएको कोरोना केभिड १९ संक्रमणको त्रास विश्वभर फैलिए सँगै नेपालका सरकारी कार्यालयमा विशेष सतर्कता अपनाईन थालिएकाे छ ।
यसै विच महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यालयमा प्रवेश गर्नू पूर्व सावुन पानीले हात धाेएर र ज्वराे नापेर मात्र प्रवेश गराउने अभियान सञ्चालन गरेकाे छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम राज सुवेदीले कोरोना विरुद्ध जनचेतनाको लागि आजदेखि कार्यालयको मूलगेटमा सावुन पानीले हात धुने र ज्वराे नापेर मात्र कार्यालयमा छिर्ने व्यवस्था गरिएको बताए ।
कार्यालयका प्रमुख एसएसपी सुवेदीले भने, ‘प्रहरी परिसरकाे मुल गेट अगाडि बाल्टिनमा पानी र सावुन राखिदिएका छाैं । जराे नापेर र हात धाेएर मात्र भित्र जानुहाेला भने सुचना समेत मुल गेट अगाडि राखेका हाैं । कार्यलयमा प्रहरी कर्मचारी हाेस या थुनुवा भेट्न आउने आगन्तुकहरूलाई सावुन पानीले हात धाेए पछि मात्र भित्र प्रवेश गर्ने नियम बनाएका छाैं ।’

सेवाग्राहीलाई प्रहरी कार्यालयकाे भेट्ने र काम विशेष आउने आगन्तुकले अनिवार्य सावुन पानीले हात मिचिमिची धाेएपछि र ज्वराे मापन गरिसकेपछि मात्र कार्यालयमा प्रवेश गर्न पाउने प्रहरी कार्यालयले बताएकाे छ । त्यसै विच काठमाडौंका हरेक बृत्तमा आजैदेखि सावुन पानीले हात धुने व्यवस्था मिलाई सकेकाे काठमाडौं प्रहरीले जानकारी दिएकाे छ । प्रहरी बृत्तहरूमा क्रमसः ज्वराे मापन यन्त्र समेत व्यवस्था मिलाउने तयारी भईरहेकाे छ ।








