मकवानपुरमा गोली प्रहारबाट एक घाइते

फाेटाेः गुगल 

चैत्र ७, हेटौंडा । अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिका–८ का लालबहादुर मोक्तान घाइते भएका छन् । 

गम्भीर घाइते भएका तीस वर्षीय मोक्तानको उपचारका लागि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौंतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले बताए । उनका अनुसार शुक्रबार बिहान अज्ञात समूहले मोक्तानमाथि गोली प्रहार गरेको थियो । 

Image result for गोली

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोक्तानलाई कसले र किन गोली प्रहार गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान टोली गठन गरी छानबिन गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 2 =