काेराेनाकाे त्रासः मेरिल्याण्ड कलेजद्वारा विद्यार्थीका लागि अनलाइन कक्षा संचालन

चैत्र ६, विराटनगर । सरकारले कोरोना भाइरसलाई फैलिन नदिन भिड हुने सबै संस्था बन्द गर्न आग्रह गरेसँगै विराटनगर लगायत देशका अधिकाँश शैक्षिक सस्था बन्द भएका छन्।
शैक्षिक सस्था बन्द हुदा विद्यार्थीको पढाइमा भने असर परेको छ । उक्त असरलाई मध्यनजर गर्दै विराटनगरमा इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित मेरिल्याण्ड कलेजले भने आफ्ना विद्यार्थीको लागि अनलाइन कक्षा संचालन गर्ने भएको छ ।
कलेजले चैत्र ९ गतेदेखि गुगल क्लास तथा ह्यांगआउटको माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित घर मै बसेर पढ्न मिल्ने तयारी गरेको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले जानकारी दिए । कलेजमा बेलायतको विश्वविद्यालयको साझेदारीमा इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको स्नातक स्तरको पढाई हुँदै आएको छ ।

कलेजका सबै ब्याचका विद्यार्थीको निम्ति कोरोना भाइरसको त्रास हुन्जेल घर मै बसेर अनलाइन कक्षा दिलाउने उदेश्यले सबै तयारी सकिएको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए । कोरोनाको महामारी फैलिएको बेला सावधानी स्वरूप उक्त नयाँ प्रविधिको प्रयोगबाट कक्षा संचालन गर्ने हुदा विद्यार्थी पनि खुसी भएको वाग्लेको भनाइ छ ।
कलेजले चैत्र ९ गतेदेखि गुगल क्लास तथा ह्यांगआउटको माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित घर मै बसेर पढ्न मिल्ने तयारी गरेको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले जानकारी दिए । कलेजमा बेलायतको विश्वविद्यालयको साझेदारीमा इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको स्नातक स्तरको पढाई हुँदै आएको छ ।
कलेजका सबै ब्याचका विद्यार्थीको निम्ति कोरोना भाइरसको त्रास हुन्जेल घर मै बसेर अनलाइन कक्षा दिलाउने उदेश्यले सबै तयारी सकिएको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए । कोरोनाको महामारी फैलिएको बेला सावधानी स्वरूप उक्त नयाँ प्रविधिको प्रयोगबाट कक्षा संचालन गर्ने हुँदा विद्यार्थी पनि खुसी भएको वाग्लेको भनाइ छ ।








