भीरबाट लडेर वडा सदस्यको मृत्यु
२०७६ चैत ५ गते

चैत ५, अछाम । भीरबाट लडेर अछाममा एकजनाको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ का वडासदस्य मानसिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान लडेको अवस्थामा साउंदको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








