नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड आयोजना हुने

फागुन १९, काठमाडौँ । २०७६ बैशाख एक गते देखि यो बर्षको चैत मसान्तसम्म सार्वजनिक भएका बिभिन्न किसिमका टेलिफिल्महरु समेटिएर नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड आयोजना हुने भएको छ ।  

सानोपर्दालाई समेटेर हरेक बर्ष बक्स अफिस इन्टरनेशनल ग्रुपले यो अवार्ड आयोजना गर्दै आएको छ । एक दशक देखि फिल्म फियरमात्रै होईन म्युजिक, ग्लोबल, पृथ्वी परिक्रमा नागरिक सम्मान, बल्कबष्टर फिल्म अवार्ड तथा देश बिदेशमा आपसी भाईचारा कायम गर्न रमाइलो मैत्रीपुर्ण फुटबल निरन्तर आयोजना गर्दै सबैको बिश्वास प्राप्त गरेको बक्स अफिस इन्टरनेशनल ग्रुरुपले कलाकारहरुकै दबाबको सम्मान गर्दै आगामी भदौमा टेलिफिल्म अवार्ड आयोजना गर्न लागेको संस्थाका अध्यक्ष आर.के. सुवेदिले बताए । 

अवार्डमा टिभी तथा युट्युवमा सार्वजनिक भएको विभिन्न भाषाका टिलिफिल्महरुले भागलिन सक्ने छन् । पाँच सदस्य जुरिले बिभिन्न बिधा गरि ३२ बिधामा आगामी भदौ अन्तिममा राजधानीमा एक कार्यक्रमको आयोजना गरी अवार्ड बितरण गरिने भएको छ ।  

उत्कृष्ट ५ मनोनयन चाहिँ भिजिट नेपाललाई सहयोग पुर्याउँने तथा आन्तरिक पर्यटनको सम्मानमा मोफसलमा गर्न लागेको आयोजक संस्थाका अध्यक्ष आर.के. सुबेदिले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =