दाङमा बसबाट ओर्लने क्रममा महिलाको मृत्यु
२०७६ चैत ३ गते

फाेटाेः गुगल
चैत्र ३, दाङ । सोमबार बिहान दाङमा तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा महिलाको मृत्यु भएको छ ।
आजको बिहान पौने ९ बजेको समयमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा महिलाको लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बसबाट ओर्लने क्रममा सोही स्थानकी ५५ वर्षीया सुशिला वली लडेर गम्भिर घाइते भएकी थिईन् । गम्भिर घाइते वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा बिहान ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त बस र चालकलाई नियन्त्रण लिई आवश्यक कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।
२०७६ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








