महामारीको केन्द्रबिन्दु अब युरोप, इटालीमा २४ घण्टामा मात्रै ३६८ को मृत्यु

चैत ३, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको केन्द्रबिन्दुू अब युरोप भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन् ।
इटलीमा २४ घण्टामा सर्वाधिक ३६८ जनाको मृत्यु भएको छ । यो मृत्यु युरोपका तीन देशमा एकै दिन भाइरसका कारण अहिलेसम्मकै धेरै हो । आइतबार एकै दिन इटालीमा कोरोना भाइरसका कारण ३६८ भएसँगै इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ सय ९ पुगेको छ ।
पछिल्लो विवरण अनुसार उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्याय देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो ।

पुरोपेली मुलुक स्पेन र फ्रान्समा पनि कोभिड–१९ को संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ९६ जनाको मृत्यु भएको छ भने फ्रान्समा ३६ जनाको मृत्यु भएको छ । स्पेनमा थप एक हजार ४ सय ५४ जनामा संक्रमण देखिँदा फ्रान्समा थप ९ सय २४ जनामा संक्रमण देखिएको छ ।
अहिलेसम्म विश्वव्यापी रुपमा एक लाख ६२ हजार ६८७ जनामा कोरोनाको संक्रमण भएको छ, जस मध्ये ८१ हजार तीनजना चीनका छन् । कोरोनाका कारण विश्वभरमा कुल ६ हजार ६५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन हजार ८५ जना चीनका छन् ।








