फूडमान्डुमार्फत सामान खरिद गर्दा १० प्रतिशत छुट

चैत्र १८, काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई फूडमान्डु अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशत छुट हुने भएको छ ।  बैंक र फूडमान्डुबीच भएको समझदारी पछि यो सेवा सञ्चालनमा आउने भएको हो ।   

सम्झौता अनुसार दैनिक खाद्यान्न खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुनेछ ।   

यो योजनामा सहभागी हुन आज चैत्र १८ गते देखि २६ गतेसम्म फूडमान्डु डटकम मार्फत सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।   

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो ।   

बैंकले सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ । हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखाहरुमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ । 

बैंकले ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकले घरमै बसेर निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था समेत गरेको छ ।   

यस्तै, डेबिट कार्ड प्रयोग गरी २,२०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एनआईसी एशिया बैंकका ४५० भन्दा धेरै एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने बैंकले जनाएको छ । यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क लाग्दैन । 

यस्तै बैंकले आवश्य जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *