डिशहोमले विश्व चर्चित कोरियन गीत प्रशारण हुने च्यानल ल्याउँदै

२०७६ फागुन २९ गते

फागुन २९, काठमाडौं । डिशहोमले विश्व चर्चित कोरियन गीत प्रशारण हुने च्यान सञ्चालनमा ल्याउने भएको छ ।
नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिसहोमले कस् वल्र्ड च्यानल सुरु गर्ने भएको हो ।
विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ ।
की पप, माइ लिटिल बेबी, किंग द लभ, मिल्टिंग हर्ट, चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछन् ।
यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागि उपलव्ध गराईएको छ । साथै डिस होम नो (ओ टीटी) एप मा पनि यो च्यानल हेर्न सकिनेछ ।
आफ्नै इक्सक्लुसिभ च्यानल संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्नेछ ।

२०७६ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित