खाली स्टेडियममा खेलिएको खेलमा युभेन्टसको जित

फागुन २६, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत दर्शक बिना खेलिएको खेलमा युभेन्टसले इन्टरमिलानमाथि जित निकालेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले इन्टरमाथि २-० को जित हासिल गरेको हो । 

युभेन्टसको जितमा एरोन रामसी र पाउलो डिबालाले एक एक गोल गरेका थिए । कोरोना भाइरसका कारण युभेन्टसको घरेलु मैदानमा बिना दर्शक खेलिएको खेलमा विजयी भएको युभेन्टस लिगको शीर्ष स्थानमा फर्किएको छ । 

यस अघि लगातार लिगका ११ खेलमा गोल गरेका क्रिस्टियानो रोनाल्डोले भने यस खेलमा गोल गर्न सकेनन् तर उनले एक गोल असिस्ट भने गरेका थिए । जितसँगै युभेन्टसको २६ खेलमा ६३ अंक भएको छ भने दोस्रो स्थानमा रहेको लाजियोको २६ खेलमा ६२ अंक रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =