प्रदेश २ का तीनवटै नाम अस्वीकृत

२०७६ चैत ४ गते

चैत्र ४, काठमाडौं । प्रदेश नं. २ का लागि प्रस्तावित तीनवटै नाम अस्वीकृत भएका छन् । दुई तिहाई मत नपुगेपछि प्रदेश २ का लागि प्रस्तावित नाम अस्वीकृत भएका हुन् ।
नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामको प्रस्तावमाथि मंगलबार प्रदेशसभामा मतदान भएको थियो। उक्त प्रस्तावका पक्षमा ४२ विपक्षमा ६५ मत खसेको थियो । प्रदेशको नाम राख्न दुई तिहाई मत चाहिन्छ।
यसअघि प्रदेशसभामा कांग्रेसले नै प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको थियो। कांग्रेसले राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत खसेको थियो।
कांग्रेसबाट प्रदेश २ मा १९ सांसद छन्।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको जानकी नाम पनि अस्वीकृत भएको छ। जानकी नामका पक्षमा ३७ मत र विपक्षमा ७० मत खसेको थियो। प्रदेशसभामा नेकपाका ३२ सांसद छन्।

२०७६ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित