चैत ९ देखि सबै हवाई उडान बन्द, लामो दुरीका सवारी साधन सञ्चालनमा रोक
२०७६ चैत ७ गते

चैत्र ७, काठमाडौं । सरकारले लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।
शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार चैत ९ गतेदेखि सबै उडान ठप्प पारिने छ ।
सरकारले संक्रमण हुन नदिने, संक्रमितको उपचार गर्ने रणनीति लिएर विशेष तयारी गरेको उनको भनाइ छ । उनले सरकारले यो परिस्थिति सामना गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने पनि बताए ।

२०७६ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित








