कोरोनाविरूद्ध सेनाले हेलिकोप्टरवाट किटनाशक औषधि छर्किंदै भन्ने भ्रम फैलाईयो : नेपाली सेना

चैत ८, काठमाडौं । ‘कोरोनाविरूद्ध सेनाले हेलिकोप्टरबाट किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले स्पष्ट पारेको छ । 

आज विशेष शैन्य हेलिकोप्टरले देश भरि आकाशमा  किटनाशक औषधि दवाव छर्किंदै’छन् रातीको १२ बजेपछि हेलिकोप्टर आयो भने सम्झनुहोस् घर बाहिर राखिएको लुगा झिक्नु होस्, घर भित्र बस्नुस् सरकारले कोभिड१९ को औषधी छर्किदैँ छ, भन्ने झुट्टा अफवाहा फैलाएको प्रति सेनाले खेद प्रकट गरेको बताएको छ । 

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्। ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो। 

Image result for नेपाली सेना

यस्ता हल्लाको पछि नलाग्नसमेत सेनाले आग्रह गरेको छ।   

केहि वेरमै नेपाली सेनाले भ्रामिक अफवाह फैलाइएको भन्दै विज्ञप्ती जारी गर्ने तयारी गरीरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =