कोरोना सचेतनाका लागि सर्लाहीमा हेल्प डेस्क स्थापना

चैत ५, सर्लाही । कोराना भाइरस संक्रमणको सम्भावित जोखिमबारे सचेतना जगाउन सर्लाहीमा ‘सहायता कक्ष’ स्थापना गरिएको छ । वाग्मती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको परिसरमा सहायता कक्ष स्थापना गरेको हो । 

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले सेवाग्राहीको बढी भीडभाड हुने प्रशासन कार्यालयमा स्थापना भएको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने बताए । सहायता कक्षमा कार्यालय आउने सेवाग्राहीको स्वास्थ्य जाँचका कोभिड-१९ विरुद्ध अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइने वाग्मती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए । 

कोही शंकास्पद भेटिए जिल्ला अस्पतालको आइसोलेसन कक्षमा पठाइने छ । भारतसँग सीमा जोडिएको सर्लाहीको विभिन्न नाकामा नेपाल-भारत संयुक्त सहकार्यमा १३ वटा स्वास्थ्य सहायता कक्ष राखिएको छ ।   

null

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *