कोरोना कहर : मृतकको संख्या चीनभन्दा इटालीमा बढी

चैत ७, काठमाडौं । इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४०५ पुगेको छ । यो संख्या चीनभन्दा पनि धेरै हो । 

भाइसका कारण एकै दिनमा ४२७ जनाको ज्यान गएपछि मृतकको संख्या बढेको हो । चीनमा अहिलेसम्म ३,२४९ जनाको ज्यान गएको बताइएको छ । मार्च १२ तारिखदेखि इटलीमा मानिसहरूलाई बाहिर निस्कन लगाइएको प्रतिबन्ध अब मार्चको अन्त्यसम्म नै लागु गरिने भनिएको छ ।  

तर त्यस्तो कदम चाल्दा पनि सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या बढि नै रहेको छ । विश्वभरि २४०,००० भन्दा बढी व्यक्ति भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने ९,८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।   

चीनले बुधवार पहिलो पटक कुनै पनि नयाँ सङ्क्रमण नभेटिएको जनायो । तर बाहिरबाट चीन भित्रिने ३४ जनामा सङ्क्रमण पाइयो । चीनमा सङ्क्रमितहरूको सङ्ख्या ८१,००० रहेको छ, जुन इटलीको ४१,०३५ भन्दा धेरै बढी हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =