अम्बाको सेवनले यस्ता खतरनाक रोगबाट मुक्ति पाइने

चैत्र ३ । हरेक तरकारी तथा फलफूल पसल र ठेलामा पाकेका अम्बा सस्तो तथा सुलभ मूल्यमा पाईन्छ । अम्बा अरु फलफूल भन्दा निकै सस्तो पनि छ ।  यो स्वादमा पनि निकै स्वादिष्ट हुन्छ । अम्बामा सुन्तलाको तुलनामा चार गुणा बढी भिटामिन सी पाइन्छ भने मानव प्रतिरक्षा प्रणालीलाई फाईदा पुर्याउने तत्व पनि प्रशस्तै पाइन्छ ।  

क्यान्सरः 

अम्बामा लाइकोपीन र क्वरसिटिन नामक तत्व पाइन्छ । यो तत्वले मानव शरिरमा क्यान्सर रोग विरुद्ध लड्न सहयोग गर्छ । स्तन, छाला र प्रोस्टेट क्यान्सरबाट बचाउन अम्बा सहयोगी सावित हुनसक्छ । 

Image result for अम्बाको सेवन

मधुमेहः 

अम्बाको सेवनले मधुमेहको असर कम हुन्छ । अम्बाको नियमित प्रयोग गर्ने हो भने शरिरमा चिनीको मात्रा घटाउन मद्धत हुन्छ । 

दाँतको दुखाईः 

अम्बाको पात चपाउनाले दाँत दुखाई कम हुन्छ । यसमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ, जसले किटाणुसँग लडेर दाँतलाई स्वस्थ राख्न सहयोग गर्दछ । 

छालाको रोगः 

अम्बाको प्रयोग छालासम्बन्धि रोगमा समेत गर्न सकिन्छ । अम्बामा प्रशस्तै भिटामिन सी र ए पाईन्छ । यसले छालामा चमक दिनुका साथै फुट्ने समस्यामा समेत काम गर्छ । 

पाचन प्रणालीः 

अम्बामा प्रशस्तै फाइबर पाइने हुनाले पाचन प्रणालीमा समेत अम्बाको प्रयोग उपयुक्त हुन्छ । यदी तपाईंलाई अपच हुने समस्या छ भने अम्बाको नियमित सेवन गर्नुस् ठीक हुनेछ । 

गर्भवस्थामा समेत उपयोगीः 

अम्बामा भिटामिन बी नाइन पाइन्छ । जुन गर्भवती महिलाका लागि निकै जरुरी मानिन्छ । अम्बाले गर्भमा रहेको बच्चालाई स्वस्थ राख्न सहयोग गर्छ । 

आँखाको समस्याः 

अम्बाले आँखा समेत स्वस्थ राख्न सहयोग पुर्याउँछ । आँखाको सुन्रदता र आँखा स्वस्थ राख्नमा अम्बाले सहयोगी भूमिका निर्वाह गर्नसक्छ । 

रक्तचाप र दिमागः 

अम्बाले दिमागलाई समेत सन्तुलन र ताजा राख्न सहयोग पुग्छ । अम्बाको प्रयोगले रगतको वहावमा सुधार आउँछ र दिमागसम्म यसको पहुँच पुग्छ । यसले रक्तचाप सन्तुलनमा राख्न सहयोग गर्छ । 

तनाव कम गर्छः 

अम्बामा प्रशस्तै म्याग्नेसिम पनि पाइन्छ । जसका कारण तनाव कम हुन्छ । अम्बाको नियमित सेवनले मन र दिमाग शान्त हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *