कोरोना भाइरसका कारण वीपी प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित

फागुन २०, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित भएको छ । कोरोना भाइरसका कारण सरकारले नै सभा समारोह नगर्न सुझाएपछि प्रतिष्ठानले दिक्षान्त समारोह स्थगित गरेको हो ।   

प्रतिष्ठानले फागुन २४ गते शनिबार दिक्षान्त समारोह सम्पूर्ण तयारी पुरा गरेको थियो । ‘हामीले सबै तयारी गरेका थियौं तर, विश्वब्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण दिक्षान्त समारोह स्थगित गर्नुपर्यो ।’ प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा।डा। गुरु खनालले भने ।   

उनले सरकारले नै सतर्कता अपनाउँदै भेला सम्मेलन नगर्न आब्हान गरेपछि विद्यार्थी, चिकित्सक तथा दिक्षान्त समारोहमा उपस्थित हुनेहरुको स्वास्थ्यलाई ख्याल गरी तत्कालका लागि समारोह स्थगित गरिएको जनाए ।   

प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। धर्मकान्त बास्कोटाको प्रमुख आथित्यतामा समारोह गर्ने तयारी गरेको थियो । प्रतिष्ठानको दिक्षान्त समारोह चारवर्ष यता हुन सकिरहेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *