पत्रकारलाई राहत प्याकेज दिन माग
२०७६ चैत १८ गते

चैत्र १८, काठमाडौं। नेपाल प्रेस युनियनले सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ।
युनियनका अध्यक्ष बद्री सिग्देलद्वारा सोमबार जारी विज्ञप्तिमा कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनले समस्यामा परेका सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहतको विशेष प्याकेज घोषणा गर्न आग्रह गरिएको छ।

लकडाउन अवधिका लागि श्रमजीवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको खाँचो रहेको उनले जिकिर गरेका छन्। राहत प्याकेजमा सञ्चारमाध्यमको नवीकरण शुल्क र करमा छुटलगायतका विषय पनि समावेश गर्न सरकारलाई सुझाएका छन्।
२०७६ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








