लकडाउन अवधिमा एनआईसी एशिया बैंकको सहायता केन्द्र

चैत्र १६, काठमाडौं । एनआईसी एशिया बैंकले लकडाउन अवधिका लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन अवधिमा ग्राहकलाई पर्न सक्ने सममस्यालाई मध्यनजर गर्दै बैंकले ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको हो ।   

यसबाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग समस्या तथा गुनासोको यथासिघ्र समाधान पाउन पाउने छन् । । 

जस्तै, प्रदेश १ मा रहेका ग्राहकहरुले यस बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या बताई समाधानको उपाय प्राप्त गर्न सक्नेछन् । यसैगरी विराटनगर सहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि फोन गरि बैंकिङ्ग समस्या समाधान गर्न सक्ने छन् ।   

यसैगरी सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’ मार्फत ग्राहकले आफ्नो बैंकिङ्ग समस्याको समाधान गर्न सक्नेछन् ।   

यसका साथै ग्राहकले कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *