कोरोना भाइरसबाट अत्याधिक प्रभावित विश्वका यी ६ देश

चैत्र ५, एजेन्सी । कोरोना भाइरसका कारण संसारभरीका १ सय ५९ देशका १ लाख ८५ हजार भन्दा बढी व्यक्ति संक्रमित भएको डब्ल्यूएचओले बताएको छ । 

डब्ल्यूएचओ र अन्य एजेन्सीको आँकडाका अनुसार संसारका यी ६ देश कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् । 

भाइरसका कारण ज्यान गुमाउनेमा यी ६ देशका नागरिक बढी छन् । 

Image result for कोरोना भाइरस

यी देश हुन् – चीन, इटली, इरान, स्पेन, दक्षिण कोरिया र ब्रिटेन । 

चीनमा ३,३३८ को मृत्यु भएको छ । 

इटलीमा २,५०३ ले ज्यान गुमाएका छन् । 

इरानमा अहिलेसम्म ९८८ को मृत्यु भइसकेको छ । 

स्पेनमा ४९१, दक्षिण कोरियामा ८१ र ब्रिटेनमा ७१ जनाको ज्यान गएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *