ताप्लेजुङमा चितुवाको छालासहित एक पक्राउ

फाेटाे स्राेतः गुगल 

फागुन २६, ताप्लेजुङ । ताप्लेजुङमा प्रहरीले घरमा लुकाई छिपाई राखेको अवस्थामा चितुवाको छालासहित एकजना पक्राउ गरेको छ । 

प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले घरमा खानतलासी गर्ने क्रममा फक्ताङ्लुङ गाउँपालिका–५ वेतांगु बस्ने ५५ वर्षीय टुलबीर लिम्बुलाई पक्राउ गरेको हो ।   

Image result for पक्राउ

पक्राउ परेका उनको साथबाट चितुवाको २ थान छाला बरामद भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार लिम्बुलाई आवश्यक कारवार्ही गर्न  अनुसन्धानको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =