भलेन्सियालाई हराउदै एटलान्टा क्वाटरफाइनलमा

फागुन २८, काठमाडौं । इटालियन क्लब एटलान्टा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । एटलान्टा स्पेनिस क्लब भलेन्सियालाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।   

गएराती सम्पन्न च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लिगमा एटलान्टाले भलेन्सियालाई ४-३ गोल अन्तरले पराजित गर्यो । यो जितसँगै एटलान्टा समग्रमा ८-४ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

एटलान्टाको जितमा जोसिप इलिकिकले चारै गोल गरेका थिए । त्यस्तै भलेन्सियाका लागि केभिन गामेरियोले दुई गोल गरे भने फेरान टोरेजले एक गोल गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *