पूर्वी चितवनमा पनि खुल्यो कोरोना अस्पताल

चैत ७, चितवन ।  भरतपुरमा ७२ घण्टा लगाएर कोरोनाको अस्थायी अस्पतालबाट सेवा शुभारम्भ भएकै दिन शुक्रवार रत्ननगरमा पनि अस्थायी अस्पताल निर्माण गरिएको छ ।   

पूर्वी चितवनलाई लक्षित गर्दै रत्ननगर १४ स्थित गुञ्जयमान अस्पतालमा कोरोनाको अस्थायी अस्पताल निर्माण गरिएको रत्ननगरका मेयर नारायण वनले बताए । मेयर वनका अनुसार सो अस्पताल १२ घण्टामै तयार पारिएको हो ।  

गुञ्जयमान अस्पतालमा २० शैय्या रहने गरि कोरोनाको अस्थायी अस्पताल निर्माण गरिएको मेयर वनले बताए । शंकास्पद बिरामी आएको खण्डमा उपचारका लागि तयारी अवस्थामा स्वास्थ्यकर्मी रहेको समेत मेयर वनको भनाई छ ।  

अस्थायी अस्पतालको प्रदेश सांसदहरु कृष्ण प्रसाद खनाल,कंचन खनाल,रत्ननगरका मेयर नारायण वन,उपमेयर बिमला दुवाडी, खैरहनीका उपमेयर सुनिता थपलिया, नेपाली काँग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरे, खैरहनीका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्याल लगायतको टोलीले निरीक्षण गरेको छ ।  कोरोना अस्पताललाई आवश्यक पर्ने डाक्टर तथा स्वास्थ्यकर्मीहरु रत्ननगर अस्पताल र गुन्जमान अस्पतालबाट व्यवस्था गरिने छ ।  

सो अवसरमा प्रजिअ नारायण प्रसाद भट्टराईले कोरोना अस्पतालको लागि आवश्यक पर्ने डाक्टर र स्वास्थ्यकर्मीको अभाव नहुने बताए । सो टोलीले रत्ननगर अस्पतालको समेत अवलोकन गरेको छ । रत्ननगरमा कोरोना रोगथाम र तयारी स्वरुप तीन वटा आइसोलेसन वार्ड, ज्वरो क्लनीक स्थापना गरिसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =