‘बलात्कार’ आरोपमा प्रदेश सांसद पक्राउ

काठमाडौं । ‘बलात्कार’को आरोपमा कैलालीबाट एकजना प्रदेश सांसद पक्राउ परेका छन् । 

अछाम जिल्लाबाट तत्कालीन एमालेबाट निर्वाचित सांसद अक्कल रावल ‘बलात्कार’ आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । 

फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले ‘बलात्कार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उजुरीको आधारमा प्रहरीले पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेपछि उनी बुधबार प्रहरीमा उपस्थित भएका थिए । 

null

सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । 

सांसद रावलले भने आफूमाथि लगाएको आरोप निराधार रहेको र मुद्दा फेस गर्ने बयान दिएको प्रहरी स्रोतले बताएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *