‘५५ प्रतिशत महिला आफ्नै घरमा हिंसामा पर्दछन्’

विराटनगर । हरेक वर्ष ८ मार्चका दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाईने गरिन्छ । महिला अधिकार, महिला सशक्तिकरण र समानताका विषयलाई लिएर अन्र्तराष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । 

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै विश्वभर अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाउन थालिएको हो । 

नारी दिवसको अवसर पारेर महिलासँग आवद्ध संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु मनाउने गर्दछन् । तर पनि ती कार्यक्रम र महिला मुक्ति, महिला हिंसा सम्बन्धिका बुलन्द आवाजहरु कार्यक्रम अवधिभरी मात्र सिमित भएका छन् । कार्यक्रम अवधिभरी महिला अधिकार सम्बन्धि साथै महिला हिंसा विरुद्धका चर्को आवाज उठे पनि कार्यक्रम सकिएको केहि समय पछि महिला माथी हिंसा हुने गर्दछन् अर्थात  न्यूनिकरण हुन सकिरहेको छैन् । 

दैनिक जस्तो कहि न कतै महिला हिंसामा परिरहेका हुन्छन् । महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती विना नै उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरु यौनजन्य हिंसाभित्र पर्दछन् । भने परिवारका सदस्यले अन्य सदस्य माथि गरिने हिंसा घरेलु हिंसा भित्र पर्दछ ।   

मोरङ जिल्लामा महिला हिंसाको अवस्था 

हालको हिंसा सम्बन्धी कानुन अनुसार दर्ता हुने व्यवस्था त्यो हिसाबले नयाँ कानुन आएपछि एक महिनासम्म सहमतिको प्रयास गर्ने सहमतिमा भएन भने कानुनी मुद्दामा जानुपर्ने व्यवस्था घरेलु हिंसाको सन्दर्भमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । 

उनका अनुसार गत वर्ष ७३-७४ मा ७३ वोटा जाहेरी परेको थियो भने ७४-७५ मा नयाँ कानुन आए पश्चात ९ वटा उजुरी परेको थियो । त्यस्तै ७५-७६ मा ११ वटा घरेलु हिंसा सम्बन्धि उजुरी परेको थियो । डाटाको हिसाबले हेर्दा  घरेलु हिंसामा खासै मुद्दा नचलेको एसपी अधिकारीको भनाई छ ।  

उनका अनुसार उपप्रमुखको नेतृत्वमा रहेको न्यापालिकामा नै कतिपय केसहरु हेर्ने भएकाले प्रहरीमा आउने केसहरु पालिकामा पनि जाने गरको छ । उनले भने ‘जागरुकताको हिसाबले सामुदायिक साझेदारी प्रहरीलाई तल्लो वर्गसम्म पु-याएका छौ, मान्छेमा अब आफुलाई हिंसा भयो भने प्रहरी भएकोमा जानुपर्छ भन्ने भावना बढ्दै गएको कारण घरेलु हिंसा न्युन नै छ ।’ घटनाको विषयलार्ई हेर्ने हो भने गत वर्षमा कम रहेको उनको भनाई छ । 

त्यस्तै यौन हिंसा अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ अनुसार चालु आर्थिक वर्ष ७५-६७ मा सात महिना भित्रमा ८४ वटा महिला हिंसा सम्बन्धि उजुरी परेको थियो भने जसअनुसार  ३५ प्रतिशत यौन हिंसा पर्दछ । दिउसो १२ बजे देखि साँझको समयमा सबैभन्दा धेरै महिला हिंसा हुने गरेको अधिकारीले जानकारी दिए । 

उनका अनुसार ‘५५ प्रतिशत महिलाहरु आफ्नै घरमा हिंसामा पर्दछन् । भने १६ प्रतिशत महिला छिमेकि साथै आफ्न्तको घरमा यौन हिंसामा परेको देखिन्छ ।’ पालिकाको टाडा अनुसार सबै भन्दा धेरै यौन हिंसा विराटनगर महानगरपालिकामा रहेको छ । 

जस अनुसार विराटनगरमा ७४ वटा महिला हिंसा सम्बन्धि उजुरी परेको छ भने सुन्दर हरैचामा ४५, पथरी ३४ र मिक्लाजुङमा ५ वटा । अधिकांश यौन हिंसामा पर्ने १० वर्ष देखि १६ वर्ष उमेर समुहका रहेका छन् भने तीन सय ८८ मा एक सय ७३ जना साधारण लेखपढ गरेका छन् । सबै भन्दा धेरै यौन हिंसामा पर्ने विद्यार्थी नै रहेका छन् । 

न्युनिकरण ? 

शिक्षा पद्धति साथै सामाजिक संजाल फेसबुक र प्रत्येक उमेर नपुगेका बच्चाहरुको हातहातमा मोबाईल दिने प्रचलनलाई कम गर्न जरुरी रहेको एसपी अधिकारीको भनाई छ । सर्वप्रथम त आना सन्तानलाई समाजिक वातावरणमा घुलमिल हुने  उचित शिक्षा दिने । 

कतिपय स्थानमा चेतनाको अभाव, शैक्षिक योग्यताको कमिका कारण पनि हिंसा हुने गरेको उनको भनाई छ । उनको अनुसार सर्वप्रथम आफनै घरमा आमाबुवाले घरेलु हिंसा साथै यौन हिंसाका विषयमा नानीहरुलाई शिक्षा साथै चेतना दिन सके हिंसा कम हुन्छ । 

उनले भने  ‘कुनै महिला हिंसामा परेको छ भने आफै सचेत भएर प्रहरी भएको आउने, जसले गर्दा यौन हिंसा, यौन हिंसा जस्ता हिंसात्मक कृयाकलापको न्यूनिकरण हुन्छ ।’ 

शहरमा हुने महिला हिंसा 

शहरमा मानिसहरु अत्यन्तै व्यस्त जीवनशैलीले बाँचेक हुन्छन् । सबै आ-आफ्नै काममा व्यस्त हुनेगर्दछन् । जब घरबाट बाहिर निस्कन्छन्, अधिकांश  महिलाहरु आफ्नो कार्य क्षेत्रमा हिंसा परेका हुन्छन् । कोहि अफिसमा काम गरिरहेका हुन्छन् कोहि रेष्टुरेन्टमा शहरमा हुने महिलाहरुलाई  कार्यक्षेत्रमा नै यौन हिंसा हुने गर्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *