कोरोना रोकथामका लागि सर्वाेच्चद्वारा सरकारका नाममा अन्तरिम आदेश

फागुन १९, काठमाडौं । कोरोना भाइरसको महामारी फैलिरहेका बेला सर्वोच्च अदालतले संक्रमण रोकथामका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । 

अधिवक्ता पूर्ण राजवंशीले जारी गरेको रिटमाथि सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । 

अधिवक्ता राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न, ती देशका नागरिकलाई भिसा नदिन, चीनसँगको स्थलमार्गमा हेल्प डेस्क राख्न, विपद व्यवस्थापन ऐनअनुसार विपदको मूल्यांकन र विश्लेषण गरी आवश्यक पूर्व तयारी गर्न, स्कुल कलेजसमेत बन्द गर्न अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *