क्षेत्रपाटि परिवार कल्याण केन्द्रमा निःशुल्क पुरुष बन्ध्याकरण सेवा पुनः सुरु

चैत्र १, काठमाडौं । नेपालमा परिवार नियोजनको विकास र प्रवद्र्धनमा लामो इतिहास बोकेको क्षेत्रपाटि परिवार कल्याण केन्द्रले पुरुष बन्ध्याकरण सेवा पुनः सुरु गरेको छ । डा. जेस्मीन श्रेष्ठको नेतृत्वको टिमले बिहिबार देखि सेवा सुरु गरेको हो । संस्था क्षेत्रपाटि स्थित आफ्नो पुरानो स्थानबाट डल्लु आवासको नयाँ भवनमा सरेपछि केहि समयको लागि सेवा बन्द भएको थियो ।   

बिहिबार सेवा लिन लाएका सेवाग्राहिहरुले चिकित्सक तथा स्वास्थकर्मीहरुबाट परिवार नियोजन र पुरुष बन्ध्याकरण सम्बन्धि उचित परामर्श पाएको बताए । आफ्नो मनका भएका प्रश्नहरुका बारेका भरपर्दो सल्लाह सुझाव पाएर आपूmहरुमा निर्धक्क हुन सकेको उनीहरुले बताए । 

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.जेस्मीन श्रेष्ठले सन्तानको इच्छा पुगिसकेका दम्पतिका लागि पुरुष बन्ध्याकरण अति प्रभावकारी र सुरक्षित विधि भएको बताइन् । यो विधिमा शुक्रकीट लैजाने नलिलाई बाँधेर काटिन्छ जसले गर्दा शुक्रकिट विर्यमा मिसिन पाउँदैन । तर, यो विधि तुरुन्तै प्रभावकारी नहुने भएकोले ३ महिनासम्म कण्डमको प्रयोग गर्न वा अन्य प्रभावकारी साधन लिन जरुरी छ । 

डा. श्रेष्ठका अनुसार हाल क्षेत्रपाटीमा सुरु गरिएको सेवालाई नन–स्क्याल्पल भ्यासेक्टोमी भनिन्छ जसमा ब्लेडले नकाटि शल्यक्रिया गरिन्छ । यस विधिमा दुखेको कम गर्ने सुई लगाइन्छ र पुरुष होसमा नै हुन्छन् । शल्यक्रिया गरेको केहि समयमा नै सेवागाह्रि घर जान सक्छन् ।   

क्षेत्रपाटि परिवार कल्याण केन्द्रमा पुरुष बन्ध्याकरण बाहेक परिवार नियोजनका सम्पूर्ण अस्थाई साधनहरु पनि उपलब्ध भएको नर्सिङ् इन्चार्ज शान्ता घिमिरेले बताइन् ।   

स्वास्थ्यकर्मिको परामर्श सहित पिल्स चक्कि, तीन महिने सुई, पाखुरामा राखिने इम्प्लान्ट, पाठेघरमा राखिने कपर–टी आदि साधनहरुको लागि सेवाग्राहिहरुको लागि क्षेत्रपाटि परिवार कल्याण केन्द्रमा भरपर्दो संस्था बनेको छ । राष्ट्रिय खोप तालिका अनुसार नवजात शिशुको लागि चाहिने सम्पूर्ण खोपहरु र गर्भवति आमालाई चाहिने आइरन चक्कि, जुकाको औषधि र खोपहरु केन्द्रले निःशुल्क प्रदान गर्दै आएको छ । 

गर्भवति महिलाको नियमित जाँच तथा स्त्री रोग र प्रसुति, पाठेघरको मुखको क्यान्सरको लागि भि.आई.ए परिक्षण लगायत अन्य स्वास्थ्य सम्बन्धि समस्याहरूको लागि डा. श्रेष्ठको नेतृत्वमा डा. उदेश पाण्डे सहितको टीमले ओ. पि. डि सेवा, ल्याव, अल्ट्रासोनोग्राफी (भिडियो एस रे) जस्ता सेवा नियमित रुपमा सञ्चालन भइरहेकोले सम्पूर्ण सेवाहरुबाट फाइदा लिन डा. पाण्डेले आह्वान गरिन् । 

त्यस्तै स्वास्थ्यकर्मिहरुको सीप विकासको लागि परिवार नियोजन सम्बन्धि विभिन्न तालिमहरु पनि नियमित रुपमा संस्थामा सञ्चालन हुने गरेको छ । छिटै नै महिला बन्ध्याकरण सेवा पनि सुरु गर्ने तयारीमा रहेको जानकारी डा. श्रेष्ठले दिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *