गुल्मीमा मृत भेटिए पुरुष, प्रहरीद्वारा शवको दाहसंस्कार
२०७६ फागुन १९ गते

फागुन १९, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा एक पुरुष मृत भेटिएका छन् ।
प्रहरी कार्यालय गुल्मीका अनुसार नाम थर खुल्न नसकिएको अन्दाजी ७५ वर्ष जस्तो देखिने उक्त पुरुष शव पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिएको छ ।
त्यसैगरी प्रहरीले जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर ८ मा वेवारिसे अवस्थामा मृत फेला परेको एक शवको दाहसंस्कार गरेको छ ।

मृतकको नाम बतन कहीँ कतैबाट खुल्न नसकेपछी प्रहरीले उनको दाहसंस्कार गरेको हो ।
२०७६ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








