गुल्मीमा मृत भेटिए पुरुष, प्रहरीद्वारा शवको दाहसंस्कार

फागुन १९, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा एक पुरुष मृत भेटिएका छन् । 

प्रहरी कार्यालय गुल्मीका अनुसार नाम थर खुल्न नसकिएको अन्दाजी ७५  वर्ष जस्तो देखिने उक्त पुरुष शव  पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिएको छ  । 

त्यसैगरी प्रहरीले जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर ८ मा  वेवारिसे अवस्थामा मृत फेला परेको एक शवको दाहसंस्कार गरेको छ ।   

मृतकको नाम बतन कहीँ कतैबाट खुल्न नसकेपछी प्रहरीले उनको दाहसंस्कार गरेको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *