अमेरिकी भिसामा नियम परिवर्तन नगरेको दुतावासको भनाई

फागुन १९, काठमाडौं । अमेरिकाले कामदार भिसा (H1B) को भिसा नितीमा कुनै परिवर्तन नगरेको नेपाल स्थित अमेरिकी दुतावासले जनाएको छ ।  दुतावासले आज एक सुचना जारी गरी H1B भिसा नितीगत परिवर्तन बारे समाचार प्रवाह भइरहेको प्रति ति समाचारहरु भ्रामक रहेको बताएको छ । 

दुतावासले भनेको छ–‘चाहे EB होस् वा H1B, रोजगारीमा आधारित भिसा सम्बन्धित योग्यता अथवा भिसा जारी गर्ने प्रकृयाबारे अमेरिकी कानुनमा कुनै पनि परिवर्तन भएको छैन ।’ 

दुतावासले कुनैपनि अमेरिकी भिसाका लागि आवेदन दिनुपूर्व त्यसका प्रक्रियाका बारेमा प्रष्ट हुन भनेको छ । दुतावासले H1B भिसाका बारेमा बुझ्न https://www.uscis.gov/ मा गएर हेर्न अनुराेध गरेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =