अब आधा सिलिन्डर मात्रै ग्यास पाइने !

चैत्र १३, काठमाडौं । नेपाल आयल निगमले आधा सिलिन्डर मात्रै ग्यास उपलब्ध गराउन निर्देशन दिएको छ ।  

कोरोना भाइरसका कारण आपूर्ति बिथोलिएर ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै निगमले ७.१ केजी ग्यास भरेको सिलिन्डर उपलब्ध गराउन एलपी ग्यास उद्योगीहरुलाई निर्देशन दिएको हो । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । 

निगमबाट यस्तो निर्देशन आएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले  पुष्टि गरे । यही विषयमा बिहीबार मन्त्रालयले ग्यास उद्योगीलाई छलफलका लागि बोलाएको उनले जानकारी दिए । ग्यास आधा भर्न सुरु गरिसकेको उनले बताए ।  

यसअघि नाकाबन्दीका बेलामा आधा भरिएको ग्यास सिलिन्डर बजारमा उपलब्ध गराइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *