बिहेपछी आँचलले लेखिन् मन छुने स्टाटस

चैत्र ४, काठमाडौँ । केही दिन अघि डा. उदिप श्रेष्ठसँग बैवाहिक जिवन सुरुवात गरेकी सुन्दरी नायिका आँचल शर्माले  निकै मन छुने स्टाटस अपडेट गरेकी छिन् ।   

नायिका आँचलले सामाजिक संजालमा आफ्नो बिहेको रिसेप्सनमा खिचिएको केहि तस्बिर सार्वजनिक गर्दै उक्त मन छुने स्टाटस अपडेट गरेकी हुन् । 

उनले आफ्नो आधिकारिक फेसबुक अकाउण्डमा मार्फत सो तस्बीर सेयर गर्दै लेखेकी छिन्, ‘हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एकपटक आफ्नो बिबाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको बिषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’ 

उनले, आफूहरुको ‘ड्रिम इभेन्ट’मा सहभागी हुने सबैलाई धन्यवाद समेत दिएकी छिन् । उनले, आफूहरुको सपनालाई सफल बनाउन आयोजनाको प्रयासलाई मनैदेखि स्वागत गर्ने सबै मानिसहरुको कारण नै संभव भएको समेत बताएकी छिन् ।   

नायिका आँचल र उदिपको बिहेले अहिले  निकै चर्चा पाईरहेको छ । बिशेष त आँचलले रिसेप्सन पार्टीमा लगाएको १६ लाखको १६ केजीको लेहेङ्गा, हायात होटलमा जाँदा हेलिकप्टर चार्टर गरि गएको र आँचलले लगाएको ६० लाख हाराहारीको गहनाले अहिले चारैतर्फ चर्चा बटुली रहेको छ ।   

यी सामान्य कुराको लागि यतीका धेरै खर्च गर्दा आँचलको अहिले सामाजिक संजालभरि ट्रोल समेत गरिएको छ ।   प्रेम बिवाह गरेकी आँचलले प्रेम सम्बन्ध भएको डेढ वर्षपछि उदिपसँग लगनगाँठो कसेकी हुन् ।   

फाेटाेः फेसबुकबाट 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *